‘दुई सय नहुनेले कसरी तिर्ने साढे पाँच लाख ?’

काठमाण्डु टुडे २०७१ फागुन १४ गते १:०३ मा प्रकाशित

काठमान्डु,१४ फागुन – गर्भमै शिशु गुमाएकी मुगु डोल्फु चिताईगाँउकी मिन्डिक यान्जोङ लामाका पति घटुकको जीवनमा एकपछि अर्को पीडा थपिएको छ । दुई छोरा एक छोरी भइसक्दा पनि थप सन्तान सुख देख्न चाहेका घटुक अहिले पश्चात्तापसँगै पत्नीको उपचार र हेलिकोप्टर चार्टर गर्दा लागेको ऋण कसरी तिर्ने भन्दै रन्थनिएका छन् ।
यसअघि  मिन्डिकका चारवटा गर्भ खेर गएका थिए । थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा पत्नीलाई भर्ना गरेर बाहिर झोक्राएर बसेका उनले भने,‘ खल्तीमा दुई सय रुपैँया पनि छैन कसरी तिर्ने लाखौँ रुपैयाँ ?
अत्याधिक रक्त स्रावका कारण गर्भमै शिशुको मृत्यु भएपछि पत्नीलाई बचाउन घटुकले साढे पाँच लाख रुपैयाँ ऋण लिएर हेलिकोप्टर चार्टर गरी मंगलबार साँझ काठमाडौँ ल्याएका थिए ।
अन्नपूर्णपोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us