साउदी फन्डले बाँके आयोजनालाई दुई अर्ब सहयोग गर्ने

काठमाण्डु टुडे २०७१ फागुन १३ गते ८:४६ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– साउदी फन्डले बाँके जिल्लाको दुन्दुवा सिँचाइ आयोजनाका लागि दुई अर्ब ४१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त सहयोग सम्झौतामा मंगलबार अर्थसचिव सुमनप्रसाद शर्मा र साउदी फन्डका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक युसुफ अल बसामले हस्ताक्षर गरेका छन्।

money
उक्त सम्झौताका लागि फन्डका उपाध्यक्ष बसामको नेतृत्वमा प्रतिनिधिमण्डल नेपालमा रहेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसैक्रममा अर्थमन्त्री रामशरण महत र फन्ड उपाध्यक्ष तथा प्रबन्ध निर्देशक बसामबीच अर्थ मन्त्रालयमा भेटवार्ता भउको सिथयो। भेटमा अर्थमन्त्री महतले सरकारले पूर्वाधारको विकासलाई प्राथमिकतामा राखी काम गरिरहेकाले यस क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए।
उपाध्यक्ष बसामले पूर्वाधारका क्षेत्रमा सहयोग गर्न सकिने भएकाले आकर्षक र आवश्यक आयोजना प्रस्ताव गर्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us