केजरीवालले भने, ‘मोदी सरकार दलालहरुको हो’

काठमाण्डु टुडे २०७१ फागुन १२ गते १२:४४ मा प्रकाशित

kegariwalएजेन्सी, १२ फागुन–दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भूमि अधिग्रहण विधेयकका विरुद्ध चलिरहेको अन्ना हजारेको विरोध पदर्शनमा सहभागी भएका छन् ।

विधेयकको विरोध गर्दै कजरीवालले भने, ‘केन्द्रीय सरकार देश र जनताप्रति बुल्डोजर चलाउन सक्दैन ।’ उलने अगाडि भने, ‘चुनावी अभियानका दौरानमा जनतासँगको मैले भनेको थिए कि गरिबका विरुद्धमा कुनै पनि कानुन बनाउने दिने छैन ।’ त्यसकारण उनले यो जनताविरोधी कानुन रोक्नु पर्ने बताए ।
जनताविरोधी काम गर्ने सरकारलाई जनताले हटाउने पनि उनले बताए ।

किसानहरु सरकारको यो कदमको विरुद्धमा दिल्लीमा आन्दोलन गरिरहेका छन् । मुख्यमन्त्री केजरीवालले आफूले केनद्रीय सरकारमा हस्तक्षेप गर्न नसके पनि दिल्लीमा यस कानुनको लागू नगर्ने बताएका छन् ।

केजरीवालले भने, ‘यो जनविरोधी कदम हो । याने लागू भयो भने सरकार उद्योगपति र दादको बन्दछ गरिबको होइन ।’

उनले अन्नाको नेतृत्वमा चलेको किसान आन्दोलनलाई समर्थन गर्दै आफ्ना कार्यकर्तालाई पनि आन्दोलनमा लाग्न अनुरोध गरे र आफू अननाको टिममा सामेल हुनी बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us