नक्कली राहदानी लिएको आरोपमा पूर्वमन्त्री पत्नी पक्राउ

काठमाण्डु टुडे २०७१ फागुन ११ गते १२:०७ मा प्रकाशित

pass port shrilankaकोलोम्बो, ११ फागुन– श्रीलङ्काका प्रहरीले पूर्व मन्त्रीकी श्रीमतीलाई नक्कली कुटनीतिक राहदानी लिएको आरोपमा पक्राउ गरिएको प्रहरी प्रवक्ताले सोमाबार जानकारी दिएका छन् ।

श्रीलङ्काली पूर्व आवासीय मन्त्री विमल वेएरावान्साकाकी श्रीमती शशि वेएरावान्सालाई पक्राउ गरिएको जानकारी दिइएको छ ।

शशि आइतबार मलाबेमा रहेको एक निजी अस्पतालबाट पक्राउ परेकी बताइएको छ । उनी उपचारका क्रममा सो अस्पतालमा बसेको जनाइएको छ ।

उनलाई हाल पक्राउ गरी प्रहरी हिरासतमा राखिएको र अदालतबाट सोधपुछ हुने बताइएको छ । उनीविरुद्धमा पर्याप्त प्रमाणहरु फेला परेको प्रहरी प्रवक्ता एसएसपी अजित रोहानाले बताए ।

वेएरावान्सा परिवार पूर्व राष्ट्रपति महिन्दा राजापाक्क्षेको नातेदार रहेको पनि एक समाचारमा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us