पार्टीमा भ्रष्टहरु धेरै भएको एमाले सचिवको आरोप

काठमाण्डु टुडे २०७१ फागुन ११ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– आइतबारको एमाले बैठकमा सचिव योगेश भट्टराईले पछिल्ला दिनहरुमा आर्थिक लेनदेनका आधारमा पार्टीमा संसदको उम्मेदवारी लिनेरदिने अबस्था सिर्जना हुँदै गएको आरोप लगाएका छन् ।

Yogesh Bhattarai 11

उनले स्थायी समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै भनेका छन् ‘मन्त्री पदमा टिकिरहनका लागि पार्टीको संस्थागत खर्चमात्र नभएर अमुक नेताहरुको घरदेखि गुट खर्चसम्मको चाँजो पाँजो मिलाउँन उसले के केसम्म गर्ला ? आज त्यस्तै भैरहको छ। इमान्दार मानिसहरु पनि खराब प्रणालीको शिकार हुन बाध्य छन्। खराबका लागिका त बहाना त्यसै मिल्ने नै भयो।’

साथै उनले पार्टीमा भ्रष्टहरू धेरै भएकाले पार्टीहरुलाई भ्रष्ट बन्न नदिने दलको खर्च राज्यले नै व्यहोर्नुपर्ने प्रस्ताव बताइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us