इंग्ल्याण्डको सानदार जित

काठमाण्डु टुडे २०७१ फागुन ११ गते ६:२७ मा प्रकाशित

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई ११९ पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले मोइन अलीको शतकसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०३ रन बनायो।

10685400_762416433837242_1357623759786525678_n

३०४ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड ४२.२ ओभरमा अलआउट हुँदै १८४ रनमा समेटियो।

पहिलो विकेटका लागि इंल्याण्डका ओपनरद्वय अली र इयान बेलले १ सय ७२ रनको साझेदारी गरे।

मोइन अलीले टीमका लागि १२८ रन बनाए। १०७ बलको सामना गरेका उनले १२ चौका र ५ छक्का प्रहार गरेका थिए।

स्कटल्याण्डका लागि जोस डेभीले ४ विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us