लक्ष्यभन्दा चार करोड कम ऋण लगानी

काठमाण्डु टुडे २०७१ फागुन १० गते १०:४३ मा प्रकाशित

ADBL
भद्रपुर,१० फागुन– कृषि विकास बैंक चन्द्रगढी शाखाले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा लक्ष्यभन्दा कम ऋण लगानी गरेको छ । शाखाले गत वर्षको तुलनामा लक्ष्यभन्दा चार करोड कम ऋण लागानी गरेको जनाएको हो ।
चालु वर्षको साउनदेखि माघ मसान्तसम्ममा १७ करोड २९ लाख ९२ हजार ऋण लगानी गरेको छ । बैंकले सो अवधिमा २१ करोड २२ लाख ५० हजार ऋण लगानी गर्ने लक्ष्य लिएको थियो ।

गएको वर्षमा शाखाले सो अवधिमा ११ करोड ५५ लाख २६ हजार ऋण लगानी गरेको थियो । कृषि विकास बैंकले ऋण लगानी गरेको अवधिमा १४ करोड ४६ लाख २८ हजार असुली गरेको छ । सो अवधिमा गएको वर्षमा १३ करोड ६९ लाख सात हजार असुली गरेको थियो ।

यो वर्ष असुली प्रतिशत ८३ छ । गएको वर्षमा असुली ७७ प्रतिशत रहेको बैंकले जनाएको छ ।

यसैगरी,ब्याजतर्फ असुली दुई करोड ५४ लाख ७१ छ । गएको वर्षमा असुली दुई करोड पाँच लाख ३६ हजार थियो । बैंकले चालु आर्थिक वर्षमा तीन करोड ५७ लाख ६० हजार असुली गर्ने लक्ष्य लिएको थियो ।

कुल आठ करोड ११ लाख ६१ हजार निक्षेप रहेको बैंकमा कुल लगानी ऋण ३२ करोड ६० लाख २६ रहेको छ । बैंकले कृषि कर्जामा १० प्रतिशत र व्यापारिक कर्जामा १४ प्रतिशत ब्याज लिने गरेको छ ।

यो बैंकमा ऋण लिएकाहरुको सङ्ख्या एक हजार ३१० र ऋणका लागि आवेदन दिएकाहरुको सङ्ख्या एक हजार २५० रहेको बैंकका कर्मचारी भिम राजवंशीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us