झापामा कला साहित्य उत्सव सुरु

काठमाण्डु टुडे २०७१ फागुन ९ गते १०:५८ मा प्रकाशित

jhapa_district_map
झापा,९ फागुन– काँकडभिट्टामा शनिबारदेखि तीन दिवसीय कला साहित्य उत्सव सुरु भएको छ ।

उत्सवको डा देवेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।  रिडर्स झापाद्वारा आयोजित कार्यक्रममा खगेन्द्र सङ्ग्रौला,अभि सुवेदी,युग पाठक,उपेन्द्र सुब्बालगायत देशभरका साहित्यकार र छिमेकी मुलुक भारतका साहित्यकारको समेत सहभागिता छ ।

‘गतिशीलताका लागि निरन्तर अध्ययन’भन्ने मूल नाराका साथ सुरु भएको उत्सव यही फागुन ११ गतेसम्म चल्ने रिडर्सका अध्यक्ष उज्ज्वल प्रसार्इंले बताए । यसअघि २०६९ सालमा रिडर्सले प्रथम संस्करणका रुपमा कला साहित्य उत्सव गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us