पर्वहरुले भ्रातृत्वको विकास गर्न मद्दत पुग्नेछः राष्ट्रपति

काठमाण्डु टुडे २०७१ फागुन ७ गते ११:२९ मा प्रकाशित

rambaran-yadav
काठमाण्डु,७ फागुन– राष्ट्रपति रामवरण यादवले देशमा मनाईने पर्वहरुले नेपाली बीचमा सहिष्णुता,समझदारी र भ्रातृत्वको विकास गर्न थप मद्दत पुग्ने बताएका छन् ।
बिहिबार घ्याल्पो ल्होसार पर्व एवम् शेर्पा जातिको नयाँ वर्षको शुभअवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख,शान्ति र समृतिको कामना गर्दै राष्ट्रपति यादवले सो कुरा बताएका हुन् ।

सो अवसरमा राष्ट्रपति यादवले हाम्रो देशमा मनाइने धेरै धार्मिक र सांस्कृतिक पर्वमध्ये घ्याल्पो ल्होसार पनि एक भएको र यसको आफ्नै विशेष महत्व रहेको बताउँदै उनले देशका सबै चाडपर्व,भाषा,वेशभूषा, धर्म,संस्कृति र परम्पराहरुको संरक्षण र संवद्र्धन गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us