बाहिरिए महाशिवरात्रीमा आएका साधु

काठमाण्डु टुडे २०७१ फागुन ७ गते ९:५३ मा प्रकाशित

unnamed (10)
काठमाण्डु,७ फागुन– पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथको मन्दिर दर्शनका लागि आएका स्वदेशी तथा विदेशी साधु सन्तलाई बिहिबार दक्षिणासहित बिदाइ गरेको छ ।

दर्शनका लागि आएका साधु सन्तलाई समय सापेक्ष दक्षिणा दिई बिदाइ गर्ने चलन छ ।

मुलुकका विभिन्न स्थान तथा भारतका आसाम,गुहाटी,हरिद्वारलगायतका स्थानबाट करिब तीन हजार पाँच सय साधु सन्त दर्शनका लागि आएको कोषले जनाएको छ ।

कोषले साधु तथा सन्तको स्तर हेरेर उनीहरुलाई २५१ देखि ५००१ सम्म प्रदान गरेको थियो । बिदाइका लागि कोषले आठ लाख विनियोजन गरेको सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us