रियल मड्रिडले जित्यो शाल्केलाई

काठमाण्डु टुडे २०७१ फागुन ७ गते ५:५९ मा प्रकाशित

एजेन्सी– बुधबार राति भएको खेलमा रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा शाल्केलाई पराजित गरेको छ ।

real madrid

डिफेण्डिङ च्याम्पियन रियल मड्रिडले शाल्केलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

च्याम्पियन्स लिगमा रियल मड्रिडको यो लगातार दशौं जित हो, जुन २०१३ मा बार्यन म्युनिखले कायम गरेको रेकर्ड बराबर छ ।

खेलमा रियलले २६ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो ।
खेलको ७९ औं मिनेटमा रोनाल्डोको पासमा मार्सेलोले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us