नेपाल हिन्दू राष्ट हुनुपर्ने रेणुदेवीको विचार व्यक्तिगतः भारतीय दूतावास

काठमाण्डु टुडे २०७१ फागुन ६ गते १४:२७ मा प्रकाशित

Indian_National_Flagकाठमाण्डु, ६ फागुन– नेपालस्थित भारतीय दूतावासले सत्तारुढ भापजा उपाध्यक्ष रेणुदेवीले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने भनी दिएको अभिव्यक्तिको खण्डन गरेको छ ।
दूतावासले बुधबार विज्ञप्ति निकालेर उक्त भनाइ भारत सरकारको नभई रेणुदेवीको व्यक्तिगत भएको दाबी गरेको हो ।

शिवरात्रीमा पशुपति दर्शन गर्न आएकी रेणुदेवीले दुई दिनअघि एक कार्यक्रममा नेपालमा इसाइकरण बढे मुलुक टुक्राटुक्रामा विभक्त हुन भन्दै पुनः हिन्दु राष्ट्र बनाउनुपर्ने बताएकी थिइन् ।
‘भारतीय जनता पार्टीकी उपाध्यक्ष श्रीमती रेणुदेवीको हालै भएको नेपाल भ्रमणको अवसरमा दिइएको वक्तव्य भनी प्रकाशित-प्रसारित समाचारप्रति राजदूतावासको ध्यानाकर्षण भएको छ’, वक्तवयमा भनिएको छ, ‘त्यस्ता वक्तव्यहरुको सत्यता सम्बन्धमा राजदूतावासलाई कुनै जानकारी छैन’, दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रममा व्यक्त भएका भनी सञ्चार माध्यममा उल्ेख भएका वक्तव्यहरु श्रीमती रेणुदेवीका आफ्ना विचारहरु भएकाले त्यसले भारतीय सरकारको नीति प्रतिबिम्बित गर्दैन ।’

preess meet indian embassy

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us