‘कोइली’ विमान भैरहवामा पन्चर

काठमाण्डु टुडे २०७१ फागुन ६ गते १३:०१ मा प्रकाशित

भैरहवा, ६ फागु– चीनले नेपाललाई अनुदानमा दिएको ‘कोइली’ विमान भैरहवा विमानस्थलमा पन्चर भएको छ । काठमाण्डुबाट उडेको विमान बुधबार दिउँसो अवतरणको क्रममा पन्चर भएको जनाइएको छ ।

koily

विमानमा रहेका चालक दलका ३ सदस्यसहित ११ जना यात्रु सकुशल रहेका छन् ।
भैरहवा विमानस्थलका प्रमुख धर्मेन्द्र पाण्डेले पछाडि दायाँपट्टीको पाङ्ग्रा पन्चर भएको र विमान तत्काल मर्मत गर्न सम्भव नरहेको जानकारी दिए ।

विमान दिउँसो तीन बजेतिर पन्चर भएको थियो । विमान ‘रन(वे’मै रोकिएपछि अरु उडान(अवतरण प्रभावित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us