नेपाली युवा बलात्कार गर्ने पाकिस्तानी जेलमा

काठमाण्डु टुडे २०७१ फागुन ६ गते १०:३८ मा प्रकाशित

काठमाण्डु– दुबईमा नेपाली युवालाई बलात्कार गरेको अभियोगमा एक पाकिस्तानीलाई ५ बर्ष जेल सजाय सुनाइएको छ ।

jail_0_0_0_0_0_0_0_1_0_0_0_0_0_0_2_3

एउटै कोठामा सँगै बस्दै आएका २२ बर्षीय नेपाली युवकलाई बलात्कार गरेको अभियोगमा उनलाई जेल सजायँ सुनाइएको समाचारहरुमा आएको छ ।

समाचारमा ती युवकको छोटकरी नाम जीटी भनेर खुलाइएको छ । पीडित युवकले अदालतमा दिएको बयानअनुसार रक्सी पिएर आएका ३१ बर्षीय पाकिस्तानी साथीले सुतिरहेका बेला उनलाई एक्कासी पछाडीबाट समातेर बलात्कार गरेका थिए ।

उनले भनेका छन् ‘मलाई १५ मिनेटसम्म बलात्कार गर्योब, उ बलियो भएकाले प्रतिबाद गर्न सकिँन ।’

बलात्कारपछि उनले घरको सुरक्षागार्डलाई खवर गरेपछि प्रहरी आएको थियो । प्रहरी पुग्दा ती पाकिस्तानी सुतिरहेका थिए भने उनको मुखबाट रक्सीका गन्ध आएको थियो ।

अभियुक्त पाकिस्तानीले भने आफुले मदिरा सेवन गरेकाले बलात्कार गरेको सम्झना नभएको बताएका छन्। ल्याब परिक्षणबाट नेपाली युवासँग उनले शारिरिक सम्बन्ध राखेको प्रमाण भेटिएको समाचारमा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us