दुई लाखको भन्टा बिक्री

काठमाण्डु टुडे २०७१ फागुन ६ गते १०:१५ मा प्रकाशित

महोत्तरी, ६ फागुन– महाशिवरात्रि पर्वको अवसरमा महोत्तरीमा मङ्गलबार दुई लाखभन्दा बढीको भन्टा बिक्रीभएको छ ।

vanta

शिवरात्रिमा भगवान शिवलाई भन्टा चढाए शरिरमा रहेका दाग र घाउ ठिक हुने मान्यता रहेको छ । यही कारणले शिवरात्रिका दिन भन्टाको बढी बिक्रीहुने गरेको हो । भार चढाउने चलनकै कारण जिल्लामा मङ्गलबार रु दुईलाख भन्दा बढीको भन्टा बिक्री भएको महोत्तरी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

जिल्लाका जलेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथ, टुटेश्वरनाथ र अन्य शिवालयमा भक्तजनले दुई लाखभन्दा बढी मूल्य बराबरको भन्टा चढाएको सङ्घका अध्यक्ष मोहन गुप्ताले बताए ।
शिवरात्रिमा जलेश्वर बजारमा मङ्गलवार एकजोडा भन्टा ५० मा बिक्रीभएको थियो । तर अन्य बेला प्रतिकिलो २० देखि २५ मा बिक्रीहुनेगरेको जलेश्वर–७ का कृषक किताप राइनले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us