हेलिकोप्टर दुर्घटनामा चार साउदी सैनिकको मृत्यु

काठमाण्डु टुडे २०७१ फागुन ५ गते १०:३३ मा प्रकाशित

exdintसाउदी, ४ फागुन । उत्तरपूर्वी साउदी अरेबियामा सोमबार राति भएको एक सैनिक हेलिकोप्टर दुर्घटनामा चालक दलका चार सदस्यको मृत्यु भएको प्रतिरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

सैनिकहरुलाई राति तालिम दिइरेहेको अवस्थामा सो दुर्घटना भएको जनाइएको छ ।

इराकी सीमादेखि एक सय किलोमिटर दक्षिणमा अवस्थित तालिम क्षेत्रमा सो दुर्घटना भएको साउदी समाचार समिति एसपीएले जनाइएको छ ।

यस दुर्घटनाको कारणका बारेमा केही बताइएको छैन । तर सो हेलिकोप्टरको दुर्घटनामा कुनै वाह्य कारण नरहेको र तालिम दिइरहेका बेला नै सो दुर्घटना भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us