स्कटल्याण्ड विश्वकपमा हारेको हारै

काठमाण्डु टुडे २०७१ फागुन ५ गते ७:२९ मा प्रकाशित

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा न्युजिल्याण्डले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ ।

Ireland-vs-scotland-warmup-match-live-10th-Feb-2015

अहिले तेस्रो विश्वकप खेलिरहेको एसोसिएट्स राष्ट्र स्कटल्याण्डले विश्वकपमा अहिलेसम्म कुनै जित हात पार्न सकेको छैन ।

खराब प्रदर्शन गर्ने क्रममा फेरी पनि स्कटल्याण्डले १४३ रनको लक्ष्य मात्र प्रस्तुत गर्न सक्यो । उसले दिएको लक्ष्य न्यूनिल्याण्डले २४.५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि केन विलियम्सनले ३८ र ग्रान्ट इलिओटले २९ रनको योगदान दिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ३६.२ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि म्याट मचहनले सर्वाधिक ५६ र रिची बेरिङटनले ५० रन बनाए । उसलाई सस्तैमा समेट्ने क्रममा न्यूनिल्याण्डका ड्यानिअल भिट्टोरी र कोरी एण्डसरसनले समान ३/३ विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us