हिमानीले जेलमै भेट्ने भइन् पारस

काठमाण्डु टुडे २०७१ फागुन ५ गते १:२४ मा प्रकाशित

paras-himaniकाठमाण्डु, ५ फागुन–   पूर्वयुवराज्ञी हिमानीले आज थाइल्यान्डमा आफ्ना पति पूर्वयुवराज पारसलाई स्थानीय उदुङखानी जेलमा गएर भेट्ने भएकी छन् ।

बिहीबार स्वकीय सचिव स्मिता सिंहका साथ थाइल्यान्ड पुगेकी हिमानी पतिसँग भेटलगत्तै नेपाल फर्कने कार्यक्रम रहेको छ ।

उनका साथमा निजी सचिव सिंह, धीरेन्द्रपुत्री सिताष्मा, वकिल साक्छाई र केही नेपालीले समते सँगै भेट गर्ने सम्भावना छ । पूर्वरानी कोमलको फागुन ७ गतेको जन्मदिन मनाउन उनी नेपाल आइपुग्नेछिन् । स्रोतका अनुसार जमानत फिर्ता लिएर निजी वकिल साक्छाईलाई परिवारले मिलाएपछि उनीसमेत पारसलाई भेट्न गएकी हुन् ।

थाइल्यान्डस्थित नेपाली दुतावासको पत्रसहित नेपाली टोली उदुङखानी कारागार जान लागेको हो । दूतावासको आधिकारिक पत्र भएमा लामो समयसम्म भेट गर्न दिने व्यवस्था भएपछि थाइल्यान्ड पुगेको टोलीले दूतावासको पत्रसहित पारसलाई भेट्न लागेको हो ।

नेपाल समाचारपत्रबाट

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us