प्रदुषण कोषको ३ अर्ब कता छ ?

काठमाण्डु टुडे २०७१ फागुन ५ गते १:१६ मा प्रकाशित

bus

काठमाण्डु, फागुन ५ – वातावण प्रदूषण घटाउन भन्दै पेट्रोल र डिजेल बित्रीबाट संकलन गरिएको ३ अर्ब रुपैयाँ ५ वर्ष देखि अलपत्र परेको छ । वातावरणीय प्रदूषण गराएबापत सरकारले पेट्रोल र डिजेलमा उपभोक्ताबाट प्रतिलिटर ५० पैसा असुल्दै आए पनि खर्च गर्न सकेके छैन ।
काठमाण्डौंसहित सहरी क्षेत्रमा प्रदूषणको मात्रा बढ्दै गएको र यसले जनस्वाथ्यमा असर परिरहेको विभिन्न अध्ययनले देखाएका छन् । खासगरी उपत्यकाको वायुमा धूलोको मात्रा बढी भएकाले मास्क नलगाई हिँड्नु जोखिमपूर्ण रहेको स्वास्थ्य मन्त्रालयकै अध्ययनमा उल्लेख छ ।
कोष सुरु भएको १७ वर्ष नाघिसक्दा पनि परिचालन गर्ने विषयमा मन्त्रालयको चासो देखिँदैन ।
कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us