सुरु हुँदै तेक्वान्दो प्रतियोगिता

काठमाण्डु टुडे २०७१ फागुन ४ गते १२:१२ मा प्रकाशित

tekando
काठमाण्डु,४ फागुन- स्यूचाटार तेक्वान्दो डोजाङको आयोजनामा चौथो स्यूचाटार आमन्त्रण तेक्वान्दो प्रतियोगिता यसै साता हुने भएको छ । डोजाङद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा फागुन ८ र ९ गते काठमाडौँस्थित स्यूचाटार मैदानमा हुने आयोजक सङ्घका संयोजक सुन्दरबहादुर केसीले जानकारी दिए ।
प्रतियोगितामा विभिन्न डोजाङका १७ टोलीले पुम्सेतर्फ आठ,गेरुगीतर्फ १६ गरी कुल २४ स्वर्णपदकका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै प्रतियोगितामा २४ रजत र ४८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

करिब ४७६ खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा महिलातर्फ २२१ र पुरुषतर्फ २५५ खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us