झाँकी र मोटरसाइकल र्याली प्रर्दशन

काठमाण्डु टुडे २०७१ फागुन ४ गते १०:१३ मा प्रकाशित

बिमल योगी/दाङ,४ फागुन – दाङको धारपानीमा जारी शिवरात्री मेलामा सोमबार बिभिन्न संस्कृति झल्कने झाँकी जुलुस तथा मोटरसाइकल र्याली प्रर्दशन गरिएको छ ।

बिश्वको सवै भन्दा ठुलो त्रिशुलको स्थापना गरिएपछि दिनहु दर्शनार्थीको भिड लाग्दै आएकोमा मन्दिर व्यवस्थापन समितिले हिजोदेखी शिव महोत्सवको आयोजना गरेको हो ।

तीन दिनसम्म चल्ने मेलालाई भव्य बनाउन सोमवार बवई कृषक समूह सौडियार ३ लखवारले लोकसंस्कृति झल्कने बाजा सहितको नाच र पाँच पाण्डव कृषक समूह गुरुवागाँउले थारु संस्कृति झल्कने झाँकी जुलुस प्रर्दशन गरेको समितिका सुचना अधिकारी बिमल योगीले जानकारी दिए ।

यस्तै ओम शान्ति ब्रहमकुमारी इश्वरीय योग बिश्व बिद्यालयले महाशिव रात्री महोत्सवलाई सफल बनाउन घोराहीदेखी धारपानी सम्म मोटसाइकिल र्याली निकालेको छ ।

 

world big tirsul

 

बिश्वको सवै भन्दा ठुलो त्रिशुल

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us