वीरगञ्जमा शिव जयन्ती महोत्सव

काठमाण्डु टुडे २०७१ फागुन ३ गते १०:३९ मा प्रकाशित

shiva mahadev
वीरगन्ज,३ फागुन– ‘परमात्मा शक्तिद्वारा महापरिवर्तनको बेला’ भन्ने मूल नाराका साथ सुरु भएको त्रिमूर्ति शिवजयन्ती महोत्सव मेला–२०७१ को  आइतबार तेस्रो दिन खुसी रहने कला विषयक विचार गोष्ठीको आयोजना गरियो ।
महाशिवरात्रि पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगन्जद्वारा आयोजित उक्त विचार गोष्ठीमा केन्द्रकी मुख्य सञ्चालिका रवीना दिदीले सभ्य,सु–संस्कृत,मर्यादित र शान्तिपूर्ण समाजको स्थापनाका लागि आध्यात्मिक ज्ञान आवश्यक भएको बताइन् ।

आध्यात्मिक ज्ञान र संस्कारले मानिसको जीवनमा सकारात्मक परिवर्तन हुन्छ र यसले मानिसलाई खुसी र शान्ति प्राप्त हुने बताउँदै उनले बताइन्ः  “फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वलाई सम्पूर्ण दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिने गरेको बताइन् ।

कार्यक्रममा धर्म अनुरागी,समाजसेवी,बुद्धिजीवी,उद्योगी व्यवसायी,ब्रह्मकुमारी राजयोग सेवा केन्द्रसँग आबद्ध पदाधिकारीलगायत समाजका विविध पक्षका व्यक्तिको उल्लेखनीय सहभागिता रहको थियो ।

नौ दिनसम्म सञ्चालित उक्त मेलामा तनाव व्यवस्थापन तालिम,सांस्कृतिक कार्यक्रम,मनमोहक चैतन्य झा“की प्रदर्शन,चरित्र निर्माण,आध्यात्मिक चित्र प्रदर्शनी,विचारगोष्ठी,राजयोग शिविर र सकारात्मक जीवनशैली शिविरको आयोजना हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us