टेम्पो दुर्घटनामा आधा दर्जन घाइते

काठमाण्डु टुडे २०७१ फागुन ३ गते ९:१४ मा प्रकाशित

saptari-map
सप्तरी,३ फागुन– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशहा सडकखण्डमा टेम्पो अनियन्त्रित भई आइतबार पल्टिँदा आधा दर्जन यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ह ११८ नम्बरको टेम्पो आफै अनियन्त्रित भई  पल्टिँदा टेम्पोमा सवार आधा दर्जन घाइते भएका हुन् । सो दुर्घटनामा परी दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा जिल्लाको कुशहा–६ का ५० वर्षीय सिविया यादव र मल्हनमा–६ का ३५ वर्षीय डोमिनी पासवान रहेको बताइएको छ । घाइते सबैजनाको सप्तऋषि नर्सिङ होम,लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सो टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us