शाहरुख खान नेपाल आउँदै

काठमाण्डु टुडे २०७१ फागुन ३ गते ८:२९ मा प्रकाशित

saharukh
काठमाण्डु– नेपालमा भारतीय अभिनेताहरुको भ्रमण हुनु नौलो कुरा होइन, प्रत्येक वर्षजसो प्राय भारतीय सिने क्षेत्रका सेलीब्रटीहरु नेपाल आइरहेका हुन्छन्, तर चर्चित अभिनेता–अभिनेत्रीहरु भने बिरलै आउने गरेका छन् । सोही सिलसिलामा केही दिनपछि बलिउडका चर्चित स्टार साहरुख खान नेपाल आउने भएका छन् ।
आगामी फागुन २४ मा नेपाल आउन लागेका साहरुखले नेपालमा २४ घण्टा समय बिताउने बुझिएको छ । साहरुखले बिताउने समयमा उनले नेपालका केही पत्रकार, कलाकार, व्यावसायी लगायतलाई विशेष प्रस्तूति दिने जनाइएको छ । अभिनेता खानलाई उनी ब्रान्ड एम्बेस्डर रहेको न्यारोल्याक पेन्ट्सले नेपाल ल्याउने भएको हो ।
काठमाडौंको तारे होटलमा बस्ने भएका साहरुखलाई भेटघाटको समयमा हाँस्य कलाकारहरु विल्सन विक्रम राई, अभिनेत्री प्रियंका कार्की लगायतले स्टेजमा साथ दिने जनाइएको छ । खान बस्ने तारे होटलको भने निश्चित भइनसकेको जनाइएको छ । उनको भ्रमण व्यवस्थापन र सुरक्षाका लागि भारतीय राजदूतावासले व्यवस्थापन गर्ने जनाइएको छ ।
फागुन २४ गते बिहान ११ बजे काठमाण्डौ आइपुग्ने भनिएका खानलाई हेर्न र अटोग्राफ लेखाउन भने सबै नेपाली फ्यानहरुले नभ्याउने भएका छन् । बलिउड जगतका किङ मानिने उनलाई हेर्न लाखौ नेपाली फ्यानहरु जम्मा हुन सक्ने र त्यसको व्यवस्थापनमा चूनौती हुने भन्दै खान भोलीपल्टै फर्किने श्रोतले बताएको छ । नेपालमा यसअघि भारतीय चर्चित अभिनेता गोबिन्दा, आमिर खान लगायतले भ्रमण गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us