स्वरोजगारका लागि रकम ‘न्युन’

काठमाण्डु टुडे २०७१ फागुन ३ गते १:१७ मा प्रकाशित

भक्तपुर, फागुन ३ – युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भक्तपुरमा लगानी गरेको बजेट न्युन भएको सरोकारवालाहरुले बताएका छन् । विभिन्न १० सहकारी मार्फत युवालाई प्रदान गरिएको युवा स्वरोजगार लगानीले सरकारले तोकेको किस्ता तिर्न मात्र ठिक भएको उनीहरुको गुनासो छ ।
महामञ्जुश्री–नगरकोट नगरपालिका–११ का नारायण लामिछानेले कोषबाट २ लाख रुपैया सहुलियत ऋण लिइ चियापसल सञ्चालन गरेको बताए । ‘तर, कोषले लगानी गरेको बजेटले पसल व्यवस्थापन गर्न पनि पुगेन’, उनले भने,‘सरकारले युवाको व्यसायलाई उकास्ने हो भने बजेट थप्नुपर्छ ।’

कोषकै ऋणबाट स्टेशनी पसल खोलेकी सुमित्रा लामिछानेको प्रतिक्रिया पनि उस्तै छ । ‘थोरै लगानीबाट थालेको व्यवसायले परिवारको जिविकोपार्जनमा पनि समस्या छ,’ उनी भन्छिन, ‘रकमले पसलको व्यवस्थापन गर्दै ठिक भयो, सामग्री किन्न समेत पुगेन ।’
यहाँका सहकारीहरु मार्फत १ सय ८८ युवाले स्वरोजगार व्यवसाय थालेको कोष अन्र्तगतको जिल्ला सदस्य सचिव सुप्रिम श्रेष्ठले बताए
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us