विश्वकपमा श्रीलंकलाई न्युजिल्याण्डको झड्का

काठमाण्डु टुडे २०७१ फागुन २ गते ९:३९ मा प्रकाशित

एजेन्सी– विश्वकप क्रिकेट अन्तर्गत भएको खेलमा सहआयोजक न्युजिल्याण्डले श्रीलंकलाई ९८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

क्राइस्ट चर्चमा भएको खेलमा कप्तान ब्रान्डन मेक्कलमले ४९ बलमा ६५ रन बनाए पछि न्युजिल्याण्डले पहिलो विकेटको लागि १ सय ११ रन बनायो ।
त्यस्तै केन विलियमसनले ५७ तथा अन्त्यमा कोरी केन्डरसनले ४६ बलमा ७५ रन बनाए पछि न्युजिल्याण्डले निर्धारित श्रीलंका सामु ६ विकेटको नोक्सानीमा ३ सय ३१ रन बनायो ।

srilanka vs new zrland
जवाफमा श्रीलंका २ सय ३३ रनमा अलआउट बन्यो । न्युजिल्याण्डका लागि डेनियल भिटोरीले ३४ रन खर्चदैं दुई विकेट लिए भने म्यान आफ द म्याच एन्डरसनले पनि दुई विकेट लिए ।
लाहिरु थिरमानेको ६५ रनको श्रीलंकाले राम्रो शुरुवात गरे पनि पछि इनिङ धर्मराएको थियो । कुनै बेला १ सय २४ रनमा १ विकेट गुमाएको अवस्थामा रहेको श्रीलंका १ सय ६८ रनमा ६ विकेट गुमाउन पुग्यो । कप्तान एन्जेलो म्याथ्युजले ४६ रन बनाए पनि अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us