१ सय ५ जनाको आखाँको शल्यक्रिया सम्पन्न

काठमाण्डु टुडे २०७१ फागुन २ गते ८:४६ मा प्रकाशित

लमजुङु, २ फागुन– जागरण सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो भोटेओडारको आयोजनामा तीने दिने आँखा शिविर सम्पन्न भएको छ ।

 

निःशुल्क अप्रेसन सहितको तीने दिने आँखा शिविरमा १ सय ५ जनाको आखाँको शल्यक्रिया गरिएको जनाइएको छ । त्यस्तै मोतियाविन्दु भएका १ सय ५ जना आँखाको विरामीको सफल शल्यक्रिया गरिएकोे थियो । ३ दिनसम्म चलेको शिविरमा लमजुङ र छिमिकी जिल्ला तनहुँका गरी ६ सय ३० जनाको आँखा परिक्षण गरिएको रेडियोले जनाएको छ । यस्तै भक्ति नमुना उच्च माविमा अध्ययनरत ४ सय ८५ जनाको दृष्ट्रि परिक्षण गरिएको छ ।

आँखाको परिक्षण तथा मोतिया विन्दुको निःशुल्क शल्यक्रियाका लागि भरतपुर आँखा अस्पतालका बरिष्ट नेत्र रोग विशेषज्ञ सर्जन डा. रञ्जीत शाहको नेतृत्वको टोली खटिएको थियो ।

भक्ति नमुना उच्चमाविको प्राङगणमा भएको निःशुल्क शल्यक्रिया सहितिको ३ दिने आँखा शिविरमा ९१ वर्षको बृद्धादेखि ११ महिनाको बालकसम्मले सेवा लिएको जनाइएको छ ।

भरतपुर आँखा अस्पतालका दृष्ट्रि निर्देशक गोपाल भण्डारीले मोतियाविन्दु भएपछि शल्यक्रिया गरेर मात्रै ठीक पार्न सकिने भएकोले आँखाजस्तो संवेदनशील विषयमा रेडियोले शिवीर राखेर यसरी सेवा प्रदान गर्र्नु असाध्यै सह्रायिन कदम भएको बताउनुभयो । शिवीरमै शल्यक्रियापश्चात आफूहरुले नया जिवन पाएको वृद्धवृद्धाहरुले प्रतिक्रिया दिएका थिए ।

शिविरमा भरतपुर आँखा अस्पताल , लायन्स क्लव अफ नारायणी चौतारी ,संगमचोक नारायणगढ ,नवलपरासी ,नारायणगढ न्युरोड , चितवन चौतारी लगायत स्थानीयहरु संघसस्थाहरुले समन्वय गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us