खुला दिसामुक्त गाविसलाई प्रोत्साहन स्वरुप २ लाख ५० हजार

काठमाण्डु टुडे २०७१ फागुन २ गते ८:१७ मा प्रकाशित

jhapa_district_map
झापा,२ फागुन– साहित्यकार,पत्रकार एवम् राजनीतिज्ञको थलोका रुपमा परिचित झापामा भर्खरै खुला दिसामुक्त गाविस घोषणा हुने क्रम सुरु भएको छ ।
‘हाम्रो गौरव हाम्रो सान, खुदुनाबारीको स्वाभिमान, खुला दिसामुक्त अभियान’ भन्ने नाराका साथ  खुदुनाबारी गाविस शनिबार खुला दिसामुक्त घोषणा भएको छ ।

तीन हजार ७०० घरधुरी र २१ हजार जनसङ्ख्या रहेको सो गाविसलाई घोषणा सँगसँगै प्रोत्साहनस्वरुप खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले दुई लाख ५० हजार प्रदान गरेको छ ।

सो अवसरमा प्रजिअ तेजप्रसाद पौडेलले सरसफाइमा महत्वपूर्ण भूमिका निर्वाह गर्न झापावासीलाई आग्रह गरे । स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले खुला दिसापिसाब गर्दा फोहर बढ्ने र वातावरण पनि प्रदूषण हुने भएकाले यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेका बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us