सडकबाट संविधानसभामा फर्कन प्रचण्डलाई रामचन्द्रको आग्रह

काठमाण्डु टुडे २०७१ फागुन २ गते ७:४४ मा प्रकाशित

ramchandra paudelविराटनगर, २ फागुन– काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सडकबाट सदनमा फर्केर संविधान निर्माणका लागि वार्ता गर्न प्रतिपक्षीलाई आह्वान गरेका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले छलफलका माध्यमबाट संविधान निर्माण गर्ने उद्देश्यले नै संविधानसभा स्थगित भएकाले ८÷१० दिनको यस अवधिलाई सदुपयोग गरी ठोस सहमतिका लागि अग्रसर हुन प्रतिपक्षीलाई आग्रह गरे ।

उनले मुलुक संविधान निर्माणतर्फ उन्मुख भइसकेकाले विधान निर्माणका विषयमा सहमति नभए अत्यधिक बहुमतद्वारा सम्पूर्ण नेपालीलाई मान्य हुने गरी संविधान जारी हुने दृढता प्रकट गरे । उनले अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा सङ्क्रमणकाल रहेकाले यसको सुरक्षित अवतरण गराउनु सत्तापक्ष गम्भीर भएर लागेको स्पष्ट पारे ।

मधेसको प्रतिनिधित्व गरेको भन्ने दलले देश र मधेसको हित नबुझेको र आपूmहरु बढी मधेसको हित चिन्तक रहेको उल्लेख गर्दै उपसभापति पौडेलले मुलुकको भौगोलिक यथार्थता र उन्नतिमा देशको सम्पूर्ण राज्यमा सबै हिस्सेदार हुन पाउने कि नपाउनेलगायतका विषयमा मधेसी दलले गम्भीर रुपमा सोचेर अगाडि बढेमा संविधान निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले एकीकृत माओवादीलगायतका दलले बिना कार्यसूची आन्दोलन गरिरहेको प्रसङ्ग उल्लेख गर्दे नेता पौडेलले आन्दोलनलाई स्थगित गरी संविधान निर्माणको श्रेय पाउनका लागि सहमतिका लागि अगाडि आउन आह्वान गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us