अतीतमा रमाउँदै खण्डित माओवादी

काठमाण्डु टुडे २०७१ फागुन २ गते २:४४ मा प्रकाशित

mawobadiकाठमान्डु, फागुन २ – आजभन्दा २० वर्षअघि एकै रात तीन ठाउँ रोल्पा, सिन्धुली र गोरखाका प्रहरीचौकी र कृषि विकास बैंक कब्जा गरी २०५२ फागनु १ गते जनयुद्ध सुरु गरेर संविधानसभासम्म आएको माओवादी २० औं जनयुद्ध दिवससम्म आइपुग्दा खण्डित र दुविधाग्रस्त पाँच समूहमा विभाजित भएको छ ।
शान्तिपक्रिया र संविधान निर्माणलाई उच्च प्राथमिकता दिँदै २०६३ असार ३ गते प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेको माओवादी अहिले आएर संविधान निर्माण ओझेलमा पार्दै पुनः क्रान्तिका नाममा संविधानसभा, सडक र जंगल केन्द्रित हुन पुगेको छ । उनीहरुबीच पुन ः आत्मसमीक्षा र जनयुद्धका नाममा पार्टी एकीकरण प्रयास भए पनि उपलब्धि शून्य छ ।
एमाओवादी (प्रचण्ड), नेकपा–माओवादी (वैद्य), नेकपा माओवादी (विप्लव), नेकपा (माओवादी) मातृका र क्रातिकारी कम्युनिस्ट पार्टी नेपाल (मणि थापा) ले शुक्रबार छुट्टाछुट्टै रुपमा राजधानीका विभिन्न स्थानमा जनयुद्ध दिवस मनाउँदै पुनः क्रान्ति गर्ने प्रतिबद्धता जनाए । जनयुद्ध दिवसको मञ्च एकअर्काको आलोचना गर्न पनि खर्च गरे खण्डित माओवादीहरुले ।
अन्नपूर्णपोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us