ल्यारकाललाई एमाओवादी सिन्धुपाल्चोकको बधाई

काठमाण्डु टुडे २०७१ फागुन १ गते १३:०२ मा प्रकाशित

lyarkal-lama
काठमाण्डु, १ फागुन–  एमाओवादीले सभासदमा मनोनित गरेपछि एकाएक विवादित बनेका ल्यारकाल लामालाई सोही पार्टीको सिन्धुपाल्चोक जिल्ला कमिटीले शुक्रबार सम्मान तथा वधाई ज्ञापन गरेको छ ।

२० औं जनयुद्ध दिवसको अवसरमा एमाओवादी जिल्ला कमिटी सिन्धुपाल्चोकद्धारा आयोजित कार्यक्रममा लामाले बधाई पाएका हुन् ।
एमाओवादीका स्थाई कमिटी सदस्य अग्नि सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा लामा सभासद भएकोमा सापकोटा लगायत जिल्ला नेताहरुले समेत वधाई दिएका थिए ।

सदरमुकाम चौतारामा आयोजित जनयुद्ध दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले जनयुद्धको क्रममा रगत बगाएका सहिदहरुको सम्झना गर्दै जनयुद्धका उपलव्धीलाई संस्थागत गर्न जस्तोसुकै चूनौती सामना गर्न पार्टी नेतृत्व तयार रहेका बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us