भाडा घटाउन टेरेनन् यातायात व्यवसायीले

काठमाण्डु टुडे २०७१ फागुन १ गते १:०१ मा प्रकाशित

busकाठमाण्डु, १ फाल्गुण – सरकारले सार्वजनिक यातायात भाडादर घटाउने निर्णय गरे पनि कार्यान्वयन गर्न सकेको छैन् ।

मंगलबारै भएको निर्णयको मतलबै नराखी सार्वजनिक सवारीले पुरानै हिसाबले भाडा लिइरहेका छन् ।

नयाँ निर्णयअनुसार ४ किलोमिटर सम्मको दूरीको भाडा घटेर १३ रुपैयाँ रहन आउँछ । व्यवसायीले एकतर्फी निर्णय भन्दै नयाँ भाडादर लागू गरेको छैनन् । कहीँ  कहीँ  अझ पुरानो भाडादरमा बढाएर समेत लिएको पाइएको छ ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us