केजरीको सपथ बहिष्कार गर्दै मोदी !

काठमाण्डु टुडे २०७१ माघ २९ गते १०:१४ मा प्रकाशित

काठमाण्डु, २९ माघ– दिल्ली विधानसभामा अत्यधिक बहुमत ल्याएको आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल दुई दिनपछि दिल्लीको मुख्यमन्त्रीको सपथ लिँदैछन् । तर, प्रधानमन्त्री नरेन्द्र मोदी उनको सपथ ग्रहण समारोहमा अनुपस्थित हुने बताइएको छ ।

Modi and Kejari

प्रधानमन्त्री मोदीले बुधबार केजरीवालसँगको भेटमा आफू सपथ ग्रहण कार्यक्रममा नआउने जानकारी गराएका थिए । मोदी केजरीवालको आम आदमी पार्टीसँग निर्वाचनमा प्रतिस्पर्धा गरेको भारतीय जनता पार्टीका नेता हुन् ।

आफ्नो विपक्षी दलले जीत हासिल गरेको मोदीलाई सहन कठिन परिरहेको देखिन्छ । अघिल्लो लोकसभा निर्वाचनमा देशव्यापी बहुमतसहित मोदी प्रधानमन्त्री निर्वाचित भएका थिए ।

तर, यसपाली दिल्ली विधानसभामा मोदीसम्बद्ध भारतीय जनता पार्टीले ७० सिटमध्ये जम्मा तीन सिटमा चित्त बुझाउनु पर्यो भने केजरीवालको दलले ६७ सिटमा विजय हासिल गर्यो ।

भ्यालेन्टाइन्स डेकै दिनमा हुन लागेको केजरीवालको सपथ ग्रहण समारोहमा मोदी नजाने भएका हुन् । उनले आफ्नो पूर्वनिर्धारित कार्यक्रमका कारण उक्त समारोहमा आउन नसक्ने बताएका समाचारहरुमा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us