नेपालबाट सिक्ने मालदिभ्सको चाहना

काठमाण्डु टुडे २०७१ माघ २९ गते १०:०६ मा प्रकाशित

mvlarges flag
काठमाण्डु,२९ माघ– चिकित्साशास्त्रमा नेपालले हासिल गरेको विशिष्टताबाट मालदिभ्सले सिक्ने चाहना व्यक्त गरेको छ ।  नेपालको भ्रमणमा रहेका सो मुलुकका स्वास्थ्य राज्यमन्त्री मोहम्मद हबिबले निजी क्षेत्रबाट सञ्चालित नर्भिक इन्टरनेसनल अस्पतालको स्थलगत अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यस्तो चाहना व्यक्त गरेका हुन् ।  चिकित्सा विज्ञानका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा नेपालले हासिल गरेको उपलब्धि आफ्नो मुलुकका लागि प्रेरणादायी भएको उनले बताए ।  उनले नेपाल सरकार र निजी क्षेत्रसँग मिलेर काम गर्न मालदिभ्सले चाहेको जानकारी दिए ।

एघार वर्षअघि त्रिवि चिकित्साशास्त्र अध्यययन संस्थान,महाराजगन्जबाट स्नातकोपाधि हासिल गरेका राज्यमन्त्री हबिबले आफ्नो देशमा हालसम्म शिक्षण अस्पताल तथा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान नभएकाले नेपालसँगको सहकार्यमा त्यस्ता शिक्षण संस्थान स्थापना गर्न चाहेको बताए ।  चिकिसाशास्त्र अध्ययनका लागि आफ्नो मुलुकका नागरिक नेपाल आउन इच्छुक रहेको जानकारी दिँदै उनले शिक्षकलगायत आवश्यक जनशक्ति आदानप्रदान गर्न सरकारीस्तरमा आफूले प्रयास थाल्नेमा जोड दिए ।

सार्वजनिक–निजी साझेदारी कार्यक्रमलाई आफ्नो मुलुकले पनि अवलम्बन गरेकाले सोही सन्दर्भमा सहकार्य र साझेदारीका संभावनाको खोजी गर्न आफूले नर्भिक इन्टरनेसनल अस्पतालको स्थलगत अवलोकन गरेको स्पष्ट पारेका थिए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मार्फत मालदिभ्स र नेपालबीच निकट सम्पर्कमा आएको भन्दै उनले सार्क स्थापनायता द्धिपक्षीय सम्बन्ध अझ प्रगाढ भएको बताए । त्यस अवसरमा नेपालका लागि मालदिभ्सका अवैतनिक वाणिज्यदूत निर्वाण चौधरी,अस्पतालका निर्देशक मेघा चौधरी र प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले अस्पतालमा उपलब्ध सेवा तथा भावी योजनाबारे जानकारी  दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us