ठूला माछा समात्नुस्

काठमाण्डु टुडे २०७१ माघ २९ गते १:४१ मा प्रकाशित

काठमाण्डु,२९ माघ – प्रधानमन्त्री सुशील कोइरालाले ठूला भ्रष्टाचारमा संलग्नमाथि कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पदाधिकारीलाई आग्रह गरेका छन् ।

आयोग साना भ्रष्टाचार अनुसन्धानमा अलमलिएको र निर्दोषमाथि समेत कारबाही गरेको जनगुनासो बढेको स्मरण गराउँदै प्रधानमन्त्री कोइरालाले अनुसन्धानमा संवेदनशील हुनसमेत अख्तियारलाई सुझाव दिएका छन् ।

आफूले निर्दोष व्यक्ति पनि आयोगको कारबाहीमा परेको सुनिरहेको स्मरण गराउँदै प्रधानमन्त्री कोइरालाले दोषी कोही नछुट्ने, निरपराध कोही नपर्ने गरी काम गर्न आग्रह गरे । ‘मैले निदोष पनि अख्तियारको कारबाहीमा परे भन्ने सुनेको छु,” आयोगको २४औं स्थापना दिवस अवसरमा बुधबार राजधानीमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री कोइरालाले भने, ‘दोषी नछुटून् तर निरपराध व्यक्ति सजायको भागीदार बन्न नपरोस् भन्नेतर्फ विशेष ध्यान दिन आग्रह गर्छु ।”

अख्तियारले कतिपय घटनामा अनुसन्धान नै पूरा नगरी निर्दोष व्यक्तिमाथि पनि भ्रष्टाचार मुद्धा चलाएको आरोप बढिरहेका बेला प्रधानमन्त्री कोइरालाको यस्तो धारणा आएको हो ।

नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us