दुई मोटरबोट डुब्दा दुई सयको मृत्यु

काठमाण्डु टुडे २०७१ माघ २८ गते १२:२४ मा प्रकाशित

एजेन्सी, २८ माघ–भूमध्यसागरमा दुई मोटरबोट डुब्दा दुई सय जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार, ‘समुन्द्रमा चार दिन बिताएका नौ जनालाई बचाइएको छ, जबकि अन्य २ सय ३ लहरमा हराएका छन् ।

शरणार्थीका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्थाले बताएअनुसार दुवै मोटरबोट लिबियाबाट हिँडेका थिए ।

इटलीमा युएनएचसिआरका प्रवक्ता कारलोट्टा समीले ट्वीटरमा दिएको जानकारीअनुसार यो दुखद् घटना भएको हो ।

प्रवासीका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था आइओएमका अनुसार सोमबार डुबेका दुवै बोटमा सय–सयभन्दा बढी मानिस सवार थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us