पुरानो बानेश्वर सडकका नयाँनयाँ दुःख (फोटो फिचर)

काठमाण्डु टुडे २०७१ माघ २८ गते १०:५० मा प्रकाशित

काठमाण्डु, २८ माघ– संविधानसभा भवन भएकै कारण पनि नयाँ बानेश्वर धेरै चर्चामा छ । नयाँ बानेश्वरको मूलसडक पनि फराकिलो र चिल्लो छ । सार्क सम्मेलनताका गरिएको पुष्परोपण र रङरोगनले पनि नयाँ बानेश्वेरको सडकलाई ‘नयाँ’ देखायो ।

तर, नयाँ बानेश्वरसँगै जोडिएको पुरानो बानेश्वरको सडकको हालत निकै खराब छ । पुरानो बानेश्वरमा अहिले बाटो बिस्तार गर्ने क्रममा ठाउँठाउँमा ठूल्ठूला खाल्डा र माटोका ढिस्का छन् । कतै ढलसहितको हिलो छ, कतै बुङबुङ उड्ने धुलो छ । नाम छ पुरानो बानेश्वर, थपिएका छन् नयाँनयाँ दुःख । हेर्नुस्, मध्य काठमाण्डुमा पर्ने पुरानो बानेश्वरको सडको हालत, फोटो फिचर :

तस्विर : अमुल थापा/काठमाण्डु टुडे ।

1 2 3 4 5 6 7 8

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us