अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख कानले गरे तीन वर्षमा १२ सेक्स पाटी !

काठमाण्डु टुडे २०७१ माघ २८ गते ९:४३ मा प्रकाशित

एजेन्सी, २८ माघ– अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफका पूर्वप्रमुख डामिनिक स्ट्रास कानले आफू तीन वर्षमा जम्मा १२ वटा सेक्स पाटीमा सामेल भएको बताएका छन् ।

उनीमाथि फ्रान्सको लिलीको एक होटेलमा वेश्यावृत्तिका लागि यौनकर्मी खरिदमा मद्दत गरेको आरोप लागेको छ । यस मामिलामा मुद्दा चलिरहेको छ ।

उनले अदालतमा भने अनुसार उनले आफ्ना आरोपी हसिन सामाका बारेमा बढाइचढाइ कुरा बताइरहेका छन्, जबकि तीन वर्षमा यस्ता १२ पाटी मात्र भएका थिए । डामनिक स्ट्रास खानमाथि लागेका आरोप सहि सावित भएमा उनलाई १० वर्षसम्मको सजाय हुनसक्छ ।

यस मामिलामा उनीमाथि लागेको आरोप सिद्ध भएमा उनलाई १० वर्षसम्मको सजाय र १५ लाख युरो जरिबाना हुन सक्छ ।

यसभन्दा पहिले मौनिया नामकी एक यौनकर्मीले अदालतमा भनेकि थिइनकी उनलाई एक व्यापारीले नौ सय युरो दिएर खास मौकामना कानका लागि छनोट गरेका थिए ।

न्युयोर्कमा होटेलमा एक कर्मचारीलाई बलत्कारको प्रयासको आरोप लागेपछि कानको सन् २०११ मा आइएमएफको अध्यक्षबाट हटाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us