‘बोक्सी’ आरोपित खुलेरै विरोधमा

काठमाण्डु टुडे २०७१ माघ २८ गते १:२३ मा प्रकाशित

सिन्धुली,माघ २८– क्यानेश्वर–९ सिसौदमारका स्थानीयले ‘बोसाबोक्सी’ को आरोपमा मलमूत्र खुवाएका एकै परिवारका पाँचजना आफूमाथि लगाइएको आरोपमा खुलेरै प्रतिवाद गर्न सदरमुकाम सिन्धुलीमाढी आएका छन् ।
सानीमाया थिङ, उनका पति सानुमान थिङ,बहिनी सन्जीमाया थिङ,आम बुद्धिमाया स्याङतान र फुफू लीलामाया थिङ आफन्त पर्नेले आफुहरुलाई बोक्साबोक्सीको आरोप लगाएर मलमुत्र खुवाएर कुटपिट गरेको भन्दै न्याय माग्न मंगलबार साँझ सिन्धुलीमाढी आएका हुन् । उनीहरुका साथमा दुई काखे बालक पनि छन् ।

दर्ज थिङ लोभर थिङ, मायारानी थिङको नेतृत्वमा करिब २० जनाले आफूहरुलाई बोक्साबोक्सी भन्दै कुटपिट गरी मलमुत्र खुवाएको पीडित सानीमायाले बताइन् । उनका अनुसार उनीहरुले गत बुधबार अपराह्न साढे चारबजे दुव्र्यवहार गरेका थिए ।

कुटपिट गर्ने पक्षले कतै उजुरी गरे मारिदिने धम्की दिएका कारण अरुलाई भन्न नसकेको तर अति भएपछि भागेर सदरमुकाम आएको सानीमायाले मान्छेको मलमुत्र कोच्याएर मराणसान्न हुनेगरि कुटपिट गरे । त्सको खुलेर विरोध गर्न र न्याय माग्न आएका हौँ  ।
उनीहरुले दुव्र्यवहार गरेपछि चार दिनसम्म घरबाहिर निस्कन नदिएको अर्की पीडित सन्जीमायाले बताइन् । चार दिनपछि लीलामाया गाँउलेको घेराबाट भाग्न सफल भएपछि घटना बाहिर आएको हो ।
अन्नपूर्णपोष्ट दैनिक

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us