बीस जिल्लाबाट कृषि पढ्न देउखुरीमा

काठमाण्डु टुडे २०७१ माघ २७ गते ६:५७ मा प्रकाशित

-दशरथ घिमिरे
काठमाडुकी सविना पौडेलेको परिवारका सदस्य स्वास्थ्य क्षेत्रमा भए पनि उनलाई मानिसले खाने अन्न पहिलो प्राथमिकतामा पर्यो । ‘मानिसलाई बचाउन खाने कुरा चाहिन्छ, त्यही खाने कुराको बारेमा पढ्न मन लाग्यो,’ उनले भनिन्, ‘विश्वमा भोकमरीमा परेर धेरैले ज्यान गुमाउनु परेको समस्या छ, हाम्रो नेपालमा पनि भोकमरी फैलन सक्छ, त्यसैले भोकमरीको समस्या केही कम गर्न सकिन्छ कि भनेर यो पेशा रोजेकी हुँ ।’

10409466_503413633124442_1563519831653021094_n

दाङको देउखुरीमा एक वर्षअघि खुलेको पृथु टेक्निकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । कृषि पढ्न किशोरीहरुको आकर्षण बढी छ । सुरुको वर्षमा कोटाअनुसार विद्यार्थी पाउन नसके को कलेजले यस वर्षदेखि विद्यार्थीहरुलाई प्रतिस्पर्धाबाट छनोट गरेको छ । कलेजमा अहिले दाङसहित विभिन्न बीस जिल्लाका पहिलो तहमा ५० जना विद्यार्थी भर्ना भएका छन् ।

1555341_603218026477335_5017761840425970434_n
दोस्रो तहमा २८ जना विद्यार्थीले अध्ययन गरिरहेको क्याम्पस प्रमुख रामेश्वर पुडासैनीले जानकारी दिए । क्याम्पसमा विएसी कृषिको पढाइ भइर हेको छ । बाली विज्ञान, वागवानी, पशु विज्ञान, कीट विज्ञान, माटो विज्ञान, कृषिप्रसार , कृषि अर्थशास् त्रलगायतका विषयमा अध्यापन भइरहेको क्याम्पसका अध्यक्ष प्रदीपराज शर्माले जानकारी दिए ।
‘कृषि क्षे त्रको भविष्य राम्रो र सुन्दर छ, त्यसैले हामीले दाङ देउखुरीको चिनारीका लागि पनि क्याम्पस खोलेका हौँ, शर्माले भने, ‘ हामी देश तथा विदेशमा निर्यात हुने दक्ष जनशक्ति उत्पादन गर्ने प्रयासमा छौँ ।’

10304785_504132976385841_3442374588064673699_n

लमही नगरपालिकाअन्तर्गत बाल जनता उच्च माध्यमिक विद्यालयको पुरानो भवन भाडामा लिएर क्याम्पस सञ्चालन गरिएको छ । प्रत्यक्ष अभ्यासका लागि गंगापरस्पुर र लमही नगर पालिकाभित्र २० विगाहा बढी जमिन लिजमा लिएको छ ।

पृथु टियुमा उत्कृष्ट
पृथु टेक्नीकल कलेज वनगाउँ पहिलो ब्याचमै नेपाल टप भएको छ । पाँचवटा सम्बन्धन प्राप्त कृषि क्याम्पसमध्ये पहिलो तहको नतिजामा त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रदीपराज शर्माले जानकारी दिए।

10801962_598077650324706_8804580097977660077_n
पृथु कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी सुरक्षा बोहरा त्रिभुवन विश्वविद्यालय तहमा दोस्रो र क्याम्पसमा पहिलो भएकी छिन्।
परीक्षामा सहभागी भएका २८ जनामध्ये सात जना विशिष्ट र २१ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us