पार्टीबाट निकालिए बिहारका मुख्यमन्त्री माझी

काठमाण्डु टुडे २०७१ माघ २६ गते ८:४८ मा प्रकाशित

JitanRamManjhi-PTIएजेन्सी– भारत बिहारका मुख्यमन्त्री जीतनराम माझी पार्टीबाट निष्काशनमा परेका छन् ।
उनलाई जनता दल युनाइटेडले पार्टीविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा  निष्काशन गरेको हो । जनता दल युनाइटेडका अध्यक्ष केसी त्यागीले त्यसको पुष्टि गरेका छन् ।
त्यागीका अनुसार उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ । विवादमा तानिएपछि माझीलाई यसअघि पार्टी अध्यक्ष शरद यादवले पदबाट राजीनामा दिन निर्देशन गरेका थिए ।
यसैबीच पूर्वमुख्यमन्त्री नितिशकुमार पुनः मुख्यमन्त्रीमा दाबी गरेका छन् । बिहार विधानसभा कुल २ सय ३८ सदस्यीय छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us