नाइजेरियामा आमनिर्वाचन ६ हप्ता पछाडि धकेलियो

काठमाण्डु टुडे २०७१ माघ २५ गते ८:५८ मा प्रकाशित

nigeria-map-small
एजेन्सी– नाइजेरियामा आगामी फेबु्रअरी १४ तारिखमा गर्ने भनिएको आम निर्वाचनको मिति ६ हप्ता पछाडि सारिएको छ ।  मुलुकको उत्तरी क्षेत्रमा व्याप्त असुरक्षाका कारण यो निर्णय लिनुपरेको नाइजेरियाका निर्वाचन आयोग प्रमुखले बताएका छन् । त्यसैदिन तोकिएको संसदीय निर्वाचन पनि पछाडि सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
नाइजेरियाको उत्तरी क्षेत्र त्यहाँका बोको हराम विद्रोहीहरुको नियन्त्रणमा रहेको भन्दै सो निर्णय लिनपरेको सरकारी अधिकारीहरुले बताएका छन् । फेब्रुअरी १४ मा प्रान्तिय गभर्नर र प्रान्तिय सभाका लागि २८ फ्रेब्रुअरीमा निश्चित गरिएको निर्वाचन पनि अप्रिल ११ मा तोकिएको सञ्चारमाध्यामहरुले जनाएका छन् । पछिल्ला वर्षहरुमा नाइजेरियामा बोको हराम विद्रोहीका कारण द्धन्द्ध चर्किरहेको अवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us