संविधानसभा छाडिएको होइन: भट्टराई

काठमाण्डु टुडे २०७१ माघ २४ गते ५:३८ मा प्रकाशित

Press Meet_Butwal_Magh 24बुटवल, २४ माघ– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो पार्टीले संविधानसभा नछाडेको बताएका छन् ।

‘हामी संविधानसभा छोडेर भागेका छैनौं । संविधानसभा हामी आफैंले बनाएका हौं । आफैंले बनाएको हतियार कसैले खोसेर आफैंविरुद्ध दुरुपयोग हुन लाग्यो भने ज्यान जोगाउनु पर्छ कि पर्दैन ?’, अगुवा कार्यकर्ता प्रशिक्षणका लागि बुटवल पुगेका भट्टराईले सञ्चारकर्मीसँग भने, ‘हामी अहिले यथास्थितिवादी÷प्रतिगामी शक्तिहरुबाट अपहरित संविधानसभा उत्पीडित वर्गको हातमा फर्काउन शक्ति आर्जनका लागि जनतामाझ आएका हौं ।’

नेता भट्टराईले अहिलेको समस्याको मूल जड एमाले भएको आरोप लगाए । एमालेले निर्वाचनका बेला जनतासामु गरेको बाचा र अडानलाई छोडेर कांग्रेसको एजेण्डामा सहबरण गर्दा समस्या उत्पन्न भएको उनको आरोप थियो ।
कांग्रेससँग मिलेर अघि सारेको ९ बुँदे प्रस्तावमा एमालेले निर्वाचनका बेला उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, बहुपहिचानमा आधारित संघीयता, मिश्रित निर्वाचन प्रणाली सबै छोडेर पुरानै संसदीय उदारवादी लोकतन्त्रमा आधारित संसदीय व्यवस्था, संघीयताका नाममा पहिचानविहीन प्रशासकीय बा“डफा“ड, पहिलो हुने निर्वाचन प्रणाली स्वीकार गर्दा समस्या उत्पन्न भएको उनको तर्क छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us