
काठमाण्डु, ११ पुस–जापान सरकारले मध्यपश्चिमाञ्चल विकास क्षेत्रका बाढीपीडितका लागि खाद्य सहयोग कार्यक्रममा सघाउन पाँच लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमलाई जापानले उक्त रकम उपलब्ध गराएको जापानी राजदूतावासले जनाएको छ ।
यसै वर्षको वर्षायाममा परेको अबिरल वर्षाका कारण आएको बाढीमा परी प्रभावित भएका बाँके, बर्दिया, सुर्खेत र दाङका सर्वसाधारणलाई खाद्य सहयोगअन्तर्गत जापान सरकारले उक्त सहायता प्रदान गरेको हो ।
बाढीका कारण ती जिल्लाका किसानले लगाएको धान, मकै, दलहन, तरकारी प्रभावित हुनुका साथै कयौँ परिवार घरबारविहीन भएका थिए । रासस