
एजेन्सी– आतंकवादलाई प्रोत्साहन गर्ने सामग्री प्रसारण सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको आरोपमा एक बेलायती महिला जेल गएकी छन् ।
त्यहाँको एक अदालतले लन्डनकी ३५ वर्षीया रुना खान नामकी महिलालाई पाँच वर्ष तीन महिना कैद सजाय सुनाएको हो ।
उनले आफ्नो फेसबुक वालमा आत्मघाती हमलाको चित्रअंकित टिसर्टको फोटो राखेकी थिइन् ।
उनलाई प्रहरीले आतंकवादी बनेर फेसबुकमा कुरा गरेका थिए । त्यस क्रममा उनको इराक र सिरियमा आक्रमण गरिरहेका इस्लामिक स्टेट समूहसँग निकटता रहको पुष्टि भएको थियो ।
यद्यपि अदालतमा बयान दिने क्रममा उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छन् ।
एजेन्सीको सहयोगमा