मृगलाई हानेको गोली साथीको छातीमा लागेपछि…….

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते ११:१३ मा प्रकाशित

डडेलधुरा, १ कात्तिक– शिकारीले मृगलाई हानेको गोली साथीलाई लाग्दा अर्का शिकारीको मृत्यु भएको छ ।
gunमृग मार्न निस्केका बगरकोटका भिमबहादुर गुरुङले हानेको गोली लागेर सँगै शिकार खेल्न गएका ४८ वर्षीय उदय गिरीको झलपोखरा जंगलमा ज्यान गएको हो । रुपाल गाविस–१ का मृतक पूर्वमाअ‍ोवादी लडाकु हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निरीक्षक डम्बर चन्दले मृतकको दायाँ कोखमा गोली लागेको बताए । भरुवा बन्दुकसहित गाउँका नौ जना शिकार खेल्न गएका थिए । मृतक गिरीका छोराको किटानी जाहेरीका आधारमा प्रहरीले घटनामा संलग्न ९ जनालाई पाँच थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमबहादुर गुरुङ, मिनबहादुर पुन, चक्रबहादुर नाथ , धनी नाथ, करन घर्तीमगर, प्रेम घर्तीमगर, कृष्ण थापा र भागेश्वर भाष्कर भट्ट छन् । प्रहरी निरीक्षक चन्दका अनुसार पक्राउ परेकामध्ये पनि गोली हानेको स्वीकार गरेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us