भाडामा रहेको स्वास्थ्य चौकीमा आगलागी

काठमाण्डु टुडे २०७१ असोज २९ गते ८:१९ मा प्रकाशित

नुवाकोट, २९ असोज – नुवाकोटको एक स्वास्थ्य चौकीमा आगलागी भएको छ ।

सुन्दरादेवी गाविसको सातविसे बजारमा भाडामा रहेको स्वास्थ्य चौकीमा मंगलबार साँझ आगलागी भएको हो ।

आगलागीबाट स्वास्थ्य चौकीमा रहेको तीन लाख बराबरको औषधी र फर्निचर जलेर नष्ट भएको प्रहरी निरीक्षक प्रकाशराज शर्माले बताए ।

स्वास्थ्य चौकीमा आगलागी भएको खबर बिहान मात्र प्राप्त भएपछि खरानीटारबाट गएको प्रहरीले क्षति विवरण संकलन गरेको थियो । प्रहरीले आगलागी शंङकास्पद भएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us