पाँच वर्षे बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद

काठमाण्डु टुडे २०७१ असोज ११ गते ७:५६ मा प्रकाशित

खोटाङ, ११ असोज– पाँच वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक युवकलाई १२ वर्ष कैद सजाय सुनाइएको छ ।
डागाउँ–१ का २५ वर्षीय किशोर भुजेललाई जिल्ला अदालतले १२ वर्ष कैदको सजाय सुनाएको हो । जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले पीडितलाई ७५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि भनेको छ ।

भुजेलले अदालतसमक्ष मादक पदार्थ सेवन गरेका बेला आफूले बालिकालाई बलात्कार गरेको बयान दिएका छन्  । घरमा कोही नभएको मौका पारेर भुजेलले गत असार ७ गते बालिकालाई जबर्जस्ती करणी गरेका थिए ।

आफन्तले दिएको उजुरीको आधारमा उनलाई असार ९ गते प्रहरीले पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us