आइफोन किन्न प्रेमीका भाडामा

काठमाण्डु टुडे २०७१ असोज ७ गते ३:५४ मा प्रकाशित

एजेन्सी– चीनका एक युवकले भर्खरै बजारमा आएको आइफोन सिक्स खरिद गर्न पैसा नभएपछि प्रेमिका भाडामा लगाउने भएका छन् ।
chinese studentसांघाई सहरको सोङझियाङ विश्वविद्यालयमा अध्ययनरत एक छात्रले आइफोन सिक्स किन्न आफ्नी प्रेमिकालाई भाडामा लगाउने बताएका हुन् । यो खबरले चीनको सोसल मिडिया तताएको छ ।
प्रमिका भाडामा दिन ती युवकले सोसल मिडियामा विज्ञापनसमेत दिएका छन् । त्यति मात्र होइन उनी कलेजमा समेत प्लेकार्ड लिएर विज्ञापन गरिरहेका छन् । विज्ञापनमा छात्रले आफ्नी प्रेमिकाको घण्टा, दिन र महिनाको छुट्टाछुट्टै भाडादर उल्लेख गरेका छन् ।

एक घण्टाको १० येन, एक दिनको ५० येन र एक महिनाको ५ सय येन भाडा दर कायम गरेका छन् । यसअघि चीनकै एक छात्राले आइफोन किन्न आफ्नै मृगौला झिकेर बेचेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us