
ललितपुर, ११ असार– एमालेको नवौं महाधिवेशन प्रतिनिधिका प्रत्यासी संसदीय दलका नेता केपी ओलीका साला महाधिवेशन प्रतिनिधिमा परारित भएका छन् ।
ललितपुर क्षेत्र नम्बर– २ मा प्रतिनिधि चयनका लागि मंगलबार भएको निर्वाचनमा नेता ओलीका साला राजेन्द्र शाक्य पराजित भएका हुन् ।
निर्वाचनमा ओली पक्षधर जिल्ला अध्यक्ष हरिकृष्ण व्यन्जनकार आफैं पराजित भएका छन् । उक्त क्षेत्रबाट उषा बज्राचार्य, प्रेम मर्हजन र रामेश्वर श्रेष्ठ प्रतिनिध चयन भए । उनीहरु सबै अध्यक्ष पदका अर्का प्रत्यासी माधवकुमार नेपाल पक्षधर हुन् ।